बिर्तामोड ।
प्रहरी नायव उपरीक्षक (डिएसपी) ढुण्डीराज गिरीले प्रहरी सेवाबाट अवकाश लिएका छन् । नेपाल प्रहरी संगठनमा ३० वर्षसम्म निरन्तर सेवा तथा योगदान दिदै आएका गिरीले अनिवार्य अवकाश लिएका हुन् ।
उनलाई आइतवार जिल्ला प्रहरी कार्यालय झापाले स–सम्मान विदाई गरेको छ । गिरीलाई निरन्तर सेवा तथा योगदानप्रति उच्च सम्मान गर्दै आगामी दिनहरुमा जीवन सुख, शान्ति र समृद्धिले भरिपूर्ण रहोस र आगामी दिनमा सामाजिक सेवामा लागेर देश र जनताको हितमा काम गर्न भन्दै जिल्ला प्रहरी कार्यालय झापाले बिदाई गरेको हो ।
नेपाल प्रहरी संगठनमा ३० वर्षसम्म रहेर देश र जनताको सेवाका क्रममा कुनै विवादमा नफसी निरन्तर सेवा दिइसकेका पूर्व डिएसपी गिरीलाई जिल्ला प्रहरी कार्यालयले विदाई समारोह तथा शुभकामना कार्यक्रम आयोजना गरेर बिदाई गरेको हो ।

















