बिर्तामोड ।  

कोशी प्रदेश, नेपाल अन्तर्गत झापा जिल्ला, बिर्तामोड नगरपालिका–६ मा सञ्चालित तक्षशिला प्रोग्रेसिभ इङ्ग्लिस स्कूलले यस शैक्षिक सत्र २०८२ मा तेस्रो महोत्सव भव्य रूपमा सञ्चालन गर्न सफल भएको छ । करिब ८०० विद्यार्थी अध्ययनरत यस विद्यालयमा कक्षा प्ले ग्रुपदेखि कक्षा १० सम्म सञ्चालन भइरहेको छ । 

तक्षशिलाको दुईदिने महोत्सव पठन–पाठनसँग जोडेर अतिरिक्त क्रियाकलाप, प्रयोगात्मक सिकाइ र खेलकुदसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिएको थियो। दुईदिने महोत्सव कार्यक्रमको उद्घाटन आदरणीय समाजसेवी तथा राष्ट्रभक्त अभियन्ता दुर्गा प्रसाईको बाहुलीबाट भएको थियो । 

महोत्सवको आकर्षणका रूपमा विद्यार्थीद्वारा सञ्चालित रोबोटबाट प्रमुख अतिथि तथा अतिथिहरूलाई फूलमाला वितरण गरिनुका साथै ड्रोनबाट पुष्पवृष्टि गर्दै कार्यक्रमको उद्घाटन गरिएको थियो । 

महोत्सवको पहिलो दिन ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित कक्षागत विद्यार्थीहरूको खेलकुदसँग सम्बन्धित विभिन्न अतिरिक्त क्रियाकलाप उत्साहपूर्वक सञ्चालन गरिएको थियो । साथै, पुरस्कार वितरण कार्यक्रम पनि राखिएको थियो। यस दिनका कार्यक्रमहरूले विद्यार्थीहरूलाई खेलकुदको महत्त्व, स्वस्थ रहन खेलकुद आवश्यक रहेको र राष्ट्रको गौरव बन्न सकिने सन्देश दिन सफल भएका थिए । 

तक्षशिला महोत्सवको दोस्रो दिन सबै विद्यार्थीहरू विभिन्न जातजातिका भेषभूषामा राष्ट्रिय झण्डा लिएर झाँकीसहित ¥याली सम्पन्न गरी प्रमुख अतिथिबाट कार्यक्रम उद्घाटन गरिएको थियो। दोस्रो दिनको कार्यक्रम अन्तर्गत सिकाइलाई प्रयोगात्मक रूपमा प्रस्तुत गर्न विभिन्न स्टलहरू तयार पारिएका थिए, जहाँ विभिन्न कक्षाका विद्यार्थीहरूले आफ्नो प्रयोगात्मक सिकाइ प्रदर्शन गरेका थिए । 

अभिभावकहरूको बाक्लो उपस्थितिमा विद्यार्थीहरूको ज्ञानवर्धक सिकाइले सबैलाई आकर्षित गरेको थियो । कार्यक्रममा विद्यार्थीहरूको कला–संस्कृति अन्तर्गत गीत, संगीत तथा नृत्य प्रस्तुत गरिएको थियो । त्यसैगरी शिक्षकहरूले पनि आफ्नो कला र गायन प्रस्तुति दिएका थिए। साथै विभिन्न मनोरञ्जनात्मक खेलहरूमा उत्कृष्ट हुनेहरूका लागि विभिन्न खानाका परिकारहरूको समेत व्यवस्था गरिएको थियो । 

 विद्यार्थीहरूको सिकाइसँगै प्रयोगात्मक पक्षलाई हेरेर अतिथि तथा अभिभावकहरू अत्यन्त उत्साहित देखिएका थिए । विद्यालयका तर्फबाट विद्यार्थीहरूका लागि नयाँ–नयाँ सिकाइ र प्रविधि विकासका लागि आकर्षक कक्षाकोठा, प्रयोगात्मक सिकाइ अन्तर्गत क्ष्द्य प्रणाली, ऋबmदचष्मनभ भ्लनष्किज सिकाइ, आधुनिक प्रयोगशाला तथा अनौपचारिक सिकाइ जस्ता कुराहरूमा विशेष जोड दिँदै विद्यार्थीहरूको सिकाइको स्तर अझ उकास्ने प्रयास भइरहेको छ । 

दक्ष शिक्षकहरूको व्यवस्थापन गर्दै विद्यालयले शिक्षाको स्तर वृद्धि र समग्र विकासका लागि निरन्तर पहल गरिरहेको छ । छोटो अवधिमै विद्यालय पूर्वी नेपालको शैक्षिक ज्ग्द्य का रूपमा स्थापित भएकोमा खुशी व्यक्त गर्दै विद्यालय चाँडै नै देशकै नमूना विद्यालय बन्ने दिशामा उन्मुख भएको छ ।