बिर्तामोड ।
नेपाल पत्रकार महासंघले आफ्नो ७१ औं स्थापना दिवस बिविध कार्यक्रम गरी मनाउँदै छ । यसै क्रममा महाशाखा झापाले आज (सोमवार) झापाको काँकरभिट्टामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले जानकारी दिए ।
महासंघ शाखाले काँकरभिट्टामा पत्रकारिताको शुद्धीकरण र सुदृढीकरण विषयक अन्तरक्रियाको आयोजना गरेकोले सवै झापाका पत्रकार ÷सञ्चारकर्मीहरुलाई सहभागिताका लागि आग्रह गरेको छ ।
महासंघका झापासहित सवै शाखाहरुमा बिभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाइँदै छ । ।


















