- रन्जित परियार
बुट्टाबारी ।
शिक्षा युवा तथा खेलकुद शाखा झापा अर्जुनधारा नगरपालिकाको आयोजनामा स्थानीय पाठ्यक्रमको प्रवोधिकरण तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ ।
‘स्थानीय बिषय’ हाम्रो अर्जुनधारा’ नयाँ पाठ्यक्रम बारे सरोकारवालाहरुलाइ कक्षा १–८ मध्य ६–८ को पाठयक्रम र पाठयपुस्तक प्रकाशन गरि विद्यार्थी शिक्षकहरुको हातमा शैक्षिकसत्र २०८२ मा पुगिसकेको उक्त अवधिमा भएको समस्याप्रति सहजीकरण गर्दै कक्षा १–५ को पाठयक्रम तयारी भै सोही अनुसार अध्यापन गराइरहेकाले पाठयपुस्तक प्रकाशन गर्न अधि सरोकारवाला निजि तथा सामुदायिक बिद्यालयका शिक्षक र पाठ्यक्रम बिज्ञ बिच छलफल तथा सुझाव सकलन गरिएको शिक्षा युवा तथा खेलकुद शाखा अर्जुनधाराका प्रमुख हरिबहादुर कवरले बताए ।
नगर भित्र रहेको शिक्षा, स्वास्थ्य, कृषि, साहित्य, मठमन्दिर, बन र खोलानालाको बिषयमा सहजै ज्ञान दिन तयारी गरिएको स्थानीय बिषय ूहाम्रो अर्जुनधारा पुस्तक अध्ययनले आफ्नो स्थानीय बारे विद्यार्थीमा अपनत्व हुन सकोस् कार्यक्रममा प्रमुख अतिथि प्रमुख प्रशासकीय अधिकृत अनोजकुमार घिमिरेले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
पुस्तकमा एकाइ र बिषय क्षेत्र, पाठ्यबस्तु, सिकाइ उपलब्धि, बिस्तृतिकरण, सिकाइ सहजीकरणसँगै ७ खण्डमा बिभाजन गरिएको जसमा हाम्रो अर्जुनधारा, हाम्रो वातावरण, हाम्रो भाषा धर्म सस्कृति, हामीले गर्ने कार्य, हाम्रो समस्या, उपयोगी सिपहरु र हाम्रो स्थानीय सरकार रहेको पाठ्यक्रम लेखन तथा सम्पादन समुहका बिज्ञ सुर्यप्रसाद सापकोटाले सहजीकरण गरेका थिए ।
कार्यक्रममा भानु माबिका शिक्षक देबिप्रसाद गौतम, कालिस्थान माबिका शिक्षक पुन्य बराल र होलिबेसी अंग्रेजी स्कुलका सस्थापक जमुना खड्का भन्डारीले स्थानीय बिषय ‘हाम्रो अर्जुनधारा’ पुस्तक बारे अअध्ययन गराउन सारोगारो भैरहेको अवस्थामा प्रबोधिकरण एवम् सुझाव छलफल कार्यक्रम राखिएको भन्दै शिक्षा शाखा अन्तर्गत स्थानीय पाठयक्रम बिकास समिति एवम् सम्पादन समुहलाइ सुझाव एवम् धन्यवाद व्यक्त गरेका थिए ।
स्थानीय पाठयक्रम बिकास समितिका अध्यक्ष बद्रीप्रसाद ओलीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा स्वागत तथा कार्यक्रमको औचित्य बारे शिक्षा शाखा प्रमुख हरिबहादुर कवरले प्रकाश पारेका थिए ।


















