झापा ।
भोलिदेखि देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा हुने भएको छ । झापामा यस वर्ष १७ हजार ६६३ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदैछन् ।
नियमित परीक्षार्थी १५हजार ४०१ , नियमित प्राविधिक धारतर्फ ५७४ र बाँकी ग्रेडवृद्धि परीक्षार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाइ झापाका प्रमुख कुमार बस्नेतले जानकारी थिए । परीक्षामा सामुदायिक १६३ र संस्थागत २४५ गरी ४०८ वटा विद्यालय सहभागी हुँदैछन् ।
नियमिततर्फ ७ हजार ७२३ छात्रा र ७ हजार ६७८ छात्र तथा ग्रेडवृद्धितर्फ १ हजार २०९ छात्रा र १ हजार ५३ छात्र परीक्षामा सहभागी हुन लागेको बताइएको छ । फाइल फोटो


















