झापा ।
झापाको भद्रपुर नगरपालिका–५ बाट लागूऔषधसहित तीर्न जना पक्राउ परेका छन् । बुधवार ६ः५५ बजेको समयमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटीएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री भारत जिल्ला सुपोल त्रिवेणीगञ्ज –१२ घर भई हाल बिर्तामोड–४ बस्ने अन्दाजी १८ बर्षीय अमर कुमार पक्राउ परेको हो ।
यसैगरी पा भद्रपुर–५ मेचीपुल प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा ८७ प ३७६ नम्बरको मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा चालक हल्दीबारी–२ का २३ बर्षीय राजिवकुमार राजवंशी र हल्दीवारी–१ का ४० बर्षीय शिवप्रसाद गौतम लाई बुधवार दिनको ४ बजे पक्राउ गरेको छ ।
अमर कुमारलाई शंका लागेर चेक जाँच गर्दा उनको नाक भित्र लुकाई छिपाई ल्याउँदै गरेको ब्राउन सुगर प्लाष्टिक बाहेक २ ग्राम ५५० मिलिग्राम फेला परेको थियो । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान तथा कानुनि कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ ।
राजिव कुमार राजवंशीको साथबाट लागुऔषध ब्राउन सुगर प्लाष्टिक बाहेक ३ ग्राम २६० मिलिग्राम र सोही मोसा पछाडि सवार शिवप्रसाद गौतमको साथबाट प्लाष्टिक बाहेक तौल गर्दा २ ग्राम ५४० मिलिग्राम लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर अनुसन्धान तथा कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा ल्याइएको प्रहरीले जनाएको छ ।


















