बिर्तामोड ।  

परिवेश मिडियाका प्रधान सम्पादक पुष्प खड्का पुरस्कृत भएका छन् । झापा जिल्ला सहकारी संघ लिमिटेडले खड्कालाई उत्कृष्ट सञ्चारकर्मीको रुपमा पुरस्कृत गरेको हो ।

बिर्तामोडमा आयोजित कार्यक्रममा सम्पादक खड्कालाई नगद १० हजार ५५५ सहित सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले खड्कालाई सम्मानन गरेका हुन् । 

 कार्यक्रममा सम्पादक खड्कासहित विभिन्न सहकारी संस्था तथा व्यक्तिलाईसमेत पुरस्कृत गरिएको थियो ।