- धर्मेन्द्र मामा
बिर्तामोड ।
नेपाल राष्ट्रिय शिक्षक संगठन झापा जिल्ला समितिले शनिवार ४५ औं परिषद् बैठक तथा शिक्षक सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ। संगठनका केन्द्रीय महासचिव प्रकाश खनालको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा संगठनका झापा जिल्ला सचिव उमनाथ भण्डारीले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए। यसैगरी कोषाध्यक्ष प्रतिवेदन र महिला विभाग संयोजक तीर्था कोइरालाले महिला विभागको प्रतिवेदन प्रस्तुत गरेी थिइन्। प्रस्तुत तिनैवटा प्रतिवेदनलाई परिसद बैठकले सर्वसम्मत रुपमा पारित गरेको थियो।
संगठनका झापा जिल्ला अध्यक्ष लम्बोदर पौडेलको अध्यक्षतामा भएको उक्त समारोहमा शैक्षिक तथा सांगठनिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने पाँच जना शिक्षकहरूलाई क्षेत्रगत रुपमा अभिनन्दन गरिएको थियो। यसरी अभिनन्दित हुनुहुनेहरूमा शान्ति आदर्श मावि शान्तिनगरका सोमनाथ पौडेल दुर्गा मावि बिर्तामोडका लेखनाथ सुवेदी बालसेवा आधारभूत विद्यालय शिवसत्ताक्षिका बेनुप्रसाद कार्की क्षेत्र नम्बर ३ बाट जनता मावि कचनकवलका टिकाराम गुरुङ र मङ्गलमय मावि कमलका मोहन बगाले रहेका छन्। यसैगरी तीनजना शिक्षकलाई विशेष सम्मानद्वारा विभूषित गरिएको छ। विभूषित हुनेहरूमा अर्जुनधाराबाट यज्ञ प्रसाद सिटौला कनकाईबाट जनार्दन पोखरेल र गौरादहबाट खगेन्द्र सुवेदी रहेका छन्।
समारोहमा झापाका १५ वटै पालिकाबाट संगठनको पालिका स्तरीय सिफारिसमा २३ जना शिक्षकलाई कदरपत्रद्वारा सम्मान गरिएको छ भने सेवा निवृत्त हुनुभएका ५६ जना शिक्षकहरुलाई सम्मानपत्रद्वारा सम्मानित गरिएको छ। यसैगरी संगठनको क्रियाकलाप र कार्यक्रमलाई प्रभावकारी रुपमा सम्पन्न गरेका तीनवटा पालिका समितिलाई समेत उत्कृष्ट पालिका घोषणा गर्दै सम्मान गरिएको छ। यसरी सम्मानित हुने पालिकाहरूमा मेचीनगर दमक र कन्काई रहेका छन् ।
नेपाल राष्ट्रिय शिक्षक संगठन को जिल्ला कार्यालय बिर्तामोडमा आयोजित उक्त परिषद् बैठक तथा शिक्षक सम्मान समारोह मा प्रमुख अतिथि प्रकाश खनाल अभिनन्दित शिक्षकहरूको तर्फबाट भीमबहादुर कार्की लगायतले मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा संगठनका केन्द्रीय सदस्यहरू द्रोणबहादुर श्रेष्ठ तारा विश्वकर्मा पूर्व नेतृत्व तथा शिक्षक नेताहरू नेल्टा कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष धर्मेन्द्र भट्टराई शिक्षक हित साकोसका अध्यक्ष हरि तिम्सिना पूर्व अध्यक्ष नारायण प्रसाद गौतम कृष्ण अधिकारी लगायत २०० बढी शिक्षकहरूको सहभागिता रहेको थियो। संगठनका जिल्ला उपाध्यक्ष नवीन ढुङ्गानाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव उमनाथ भण्डारीले गर्नुभएको थियो


















