झापा  ।

 झापाको भद्रपुरबाट ठूलो परिमाणमा लागूऔषधसहित दुई कारोबारी पक्राउ परेका छन् । आइतबार दिनको १ः३० बजे भद्रपुर नगरपालिका –४ डॉगीबारीमा लागूऔषध ओसार पोसार तथा बिक्री बितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोली थियो ।

प्रहरी टोलीले सोही स्थानका  बब्लु मर्डीको घर कम्पाउण्डमा बिक्रीका लागि लुकाएर राखेको अवस्थामा ब्राउन सुगर र उक्त लागूऔषध खरिद गर्न आएका बिर्तामोड नगरपालिका–१ का २७ बर्षीय का अनमोल गजमेरलाई नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई खानतलासी गर्ने क्रममा २१८ ग्राम ५० मिलिग्राम ब्राउन सुगर तथा नेपाली नोट ३ लाख २५०सहित अमेरिकन डलर ७५ डलर, पाकिस्तानी पचासको नोट, अस्ट्रेलिया पाँच डलर , भारतीय नोट ५३० र २ थान बिभिन्न कम्पनीका मोबाइल फेला परेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाको न्यायिक हिरासतमा राखेर थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

चैत १ गतेदेखि लागूऔषध कसूर नियन्त्रणको लागि अभियानकै रुपमा जिल्ला प्रहरी कार्यालय झापाबाट मिशन ‘अपरेशन ब्राउन’ सञ्चालन गरिदै आएको बताइएको छ ।