शनिश्चरे । 

झापाको अर्जुनधारा नगरपालिकाले बजार अनुगमन गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तरगत खाद्य प्रविधि तथा गुण नियन्त्रण  कार्यालय मोरङको बिराटनगरले बुधवार नगरका जनप्रतिनिधि, कर्मचारी, प्रहरीसहित बजार अनुगमन गरेको हो । 

बजार अनुगमनका क्रममा केही पसलमा भेटिएका सामाग्रीसमेत जफत गरिएको थियो । अर्जुनधारा नगरपालिकाकी नगर उप–प्रमुख खड्गमाया पराजुलीको नेतृत्वमा भएको बजार अनुगमन कार्यक्रममा स्वास्थ्य निरिक्षक अधिकृत सुवास चन्द्र ओस्ती, अधिकृत चुडामणि निरौला, नुवराज केसी, कृष्ण लोहार, कुमार तामाङ रहेका थिए । 

अनुगमनका क्रममा केही पसलमा अखाद्य, मिति गुज्ज्रिएका सामाग्री भेटिएको थियो । त्यस्ता पसललाई अखाद्य सामाग्री बिक्री नगर्न, पसल सफा राख्न, लेभल भएको मात्र सामाग्री बिक्री वितरण गर्नलगायतको सुझाव दिइएको थियो ।