झापा । 

झापाको शिबसताक्षी नगरपालिका–७ लालपानीमा आगलागी हुँदा पाँचलाख बराबरको क्षति भएको छ । सोही स्थानका अन्दाजी ४५ बर्षीय घनश्याम खतिवडाको टिनको छानो, बासको टाटी बेरा भएको पुरानो खाली १ तले घरमा बिजुलीको तार सट भई अचानक आगोलागी भएको हो । 

बुधवार साँझ ७ः३० बजेको समयमा भएको आगलागी नेपाल प्रहरी, स्थानीय र शिवसताक्षी नगरपालिकाको बारुणयन्त्रको सहयोगमा राति ८ः२० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो । 

आगालागीबाट घर भित्र रहेको फर्निचर लत्ताकपडा र घर पूर्ण रुपमा जलेर नष्ट हुँदा ५ लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।