झापा ।
झापाको बाह्रदशी गाउँपालिका–२ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिहीवार साँझ ५ बजेको समयमा सोही स्थानका सुपोल बास्कीकी श्रीमती ३५ बर्षीय सुनिता बास्कीलाई आफ्नै घरमा वाइफाईको प्लग जोड्ने क्रममा अचानक नाङगो तारमा हुँदा करेन्ट लागेको थियो ।
करेन्ट लागेर उनको घटना स्थलमा मृत्यु भएको हो। अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतको टोली खगएको थियो भने साँझ ७ः४० बजे सम्पूर्ण कानुनी प्रकृया पुरा गरिएको थियो ।
कानुनी प्रक्रिया पूरा गरेसँगै उक्त लाश पोष्टमार्टमको लागि प्रदेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।


















