सुरुङ्गा । 

जन्मोत्सवका अवसरमा गरिने फजुल खर्च कटाएर सामाजिक व्यक्तित्व तथा युवा व्यवसायी बिपिन बजगाँईले आफ्नो जन्मदिन सामाजिक कार्य गरेर मनाएका छन् । उनले पूर्वको धार्मिक तथा पर्यटकीय स्थल कनकाई धाम धार्मिक विकास संस्था (कोटीहोम) अन्तरगत गौमाताको सेवाका लागि कुटी काट्ने मेशिन हस्तान्तरण गरेर जन्मदिन मनाएका हुन् । 

बिर्तामोड–५ निवासी युनिक मेशिनरीका सञ्चालकसमेत रहेका उनले श्रीमती बिनिता र छोरा बिवान बजगाँईसहित होटीहोम पुगेर कुटी काट्ने मेशिन गौमाताको सेवा लागि प्रदान गरेका हुन् । 

कनकाई धाम धार्मिक विकास संस्थाका अध्यक्ष तथा धार्मिक तथा सामाजिक व्यक्तित्व शेरबहादुर थापाको पनि आज जन्मदिन परेको अवसर पारेर आज (आइतवार) संयुक्त रुपमा सामाजिक कार्य गरेर जन्मदिन बनाएको बजगाँईले बताए । उनका अनुसार  गौमाताका सेवाका लागि कुटी काट्ने मेशिनको आवश्यकता देखेर प्रदान गरेका हुन् । 

बजगाँईले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगलागी र तोडफोडबाट क्षतिग्रस्त बनेको इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको भवन पुनःनिर्माणमा अगुवाईको भुमिकासमेत निर्वाह गरेका थिए । 

उनले आगामी दिनमा पनि सकेको सहयोग गर्दै जाने बताउँदै गौमाताका लागि आवश्यक पर्ने काउ म्याट पनि उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरेका छन् । उक्त कार्यक्रममा बजगाँई दम्पतिसहित शेरबहादुर थापाकी श्रीमती निर्मला थापाको पनि उपस्थितति रहेको थियो । धाममा हाल छ वटा गाई र एउटा बाछो रहेका कनकाई–३ का चन्द्रप्रसाद भेटवालले जानकारी गराए । 

कनकाई धाम धार्मिक विकास संस्थामा थापाले नेतृत्व लिएसँगै सो क्षेत्रको विकासले गति लिदै आएको छ ।