झापा ।
तामाङ समुदायको साझा संगठन नेपाल तामाङ घेदुङ कोशी प्रदेश अध्यक्षमा झापाका जगत तामाङ सर्वसम्मत चयन भएका छन् । मोरङको पथरीमा हिजो सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो।
दोस्रो प्रदेश अधिवेशनले तीनजना उपाध्यक्ष चयन गरेको छ । उपाध्यक्षत्रयमा एकराज तामाङ, रुपनारायण तामाङ गोले र महिला उपाध्यक्षमा बिनिता थिङ तामाङ चयन भएका छन्।
घेदुङको मुख्यसचिवको जिम्मेवारी फणीन्द्र तामाङले पाएका छन् । घेदुङ प्रदेश सदस्यमा हस्ताबहादुर तामाङ , खड्काकुमार तामाङ ,धनबहादुर तामाङ, टेकबहादुर तामाङ, इन्द्रकुमार योन्जान, जयबहादुर तामाङ र जितेन्द्र तामाङ छन् ।
घेदुङ संघीय अध्यक्ष मोहन गोले प्रमुख अतिथि रहेको कार्यक्रममा नेपाल तामाङ घेदुङ वरिष्ठ उपाध्यक्ष रामकृष्ण ब्लोन , कोशी प्रदेश पूर्वअध्यक्ष मित्रसेन योन्जन लगायतले मन्तव्य राखेका थिए ।
तामाङ घेदुङ कोशी अध्यक्ष रेखबहादुर घिसिङको सभापतित्वमा तथा नेपाल तामाङ घेदुङ कोशी प्रदेश मुख्यसचिव तिलक पाख्रिन तामाङले सञ्चालन गरेको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष जगतले प्रतिबद्धता मन्तव्य राख्नुका साथै विभिन्न व्यक्तिले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।
















