झापा ।
झापाको बिर्तामोड नगरपालिका–४ आनन्दरगजमा झापाली चिप्स फ्याट्री र सौगात काष्ठ फर्निचरमा आगलागी भएको छ । आज (मंगलबार) बिहान ४ः१५ बजेको समयमा सोही स्थानका भक्तीप्रसाद उप्रेतीले सञ्चालन गरेको काठ र टिनको छानो भएको १ तले झापाली चिप्स फ्याट्री र सोही स्थाका चन्द्रप्रसाद खरेलले सञ्चालन गरेको काठ र टिनको छानो भएको १ तले सौगात काष्ठ फर्निचरमा आगलागी भएको हो ।
आगलागी भएको खबर बिहान ४ः२० मा प्राप्त हुना साथ तत्काल इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली गएको थियो । बिर्तामोड र भद्रपुर, मेचीनगर नगरपालिकाको दमकल, सस्श्त्र प्रहरी बल सुरक्षा बेस शनिश्चरेबाट खटिएको टोली र स्थानियबासिको सहयोगमा आगो निभाउने कार्य भईरहेको छ ।
अन्य घरहरु भेट्ने सम्भावना नरहेको, आगलगीको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















