झापा
झापाको दमक नगरपालिका–८ नेम्वाङ ड्राईभिङ सेन्टर अगाडी गुडिरहेको मोटरसाकइलमा अचानक आगलागी भएको छ । आज (मंगलबार) मध्यान्ह १२ः४५ बजेको समयमा पूर्व पश्चिम लोकमार्गमा भद्रपुरबाट ईटहरीतर्फ जाँदै गरेको प्र.१–०२–०५२ प ८५७३ नम्बरको कालो रङको बुलेट मोटरसाइकल गुडीरहेको अवस्थामा अचानक आगलागी भएको हो ।
सो खवर प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटि गएको थियो । उक्त आगो दमक नगरपालिकाको दमकल, प्रहरी र स्थानियबासीको सहयोगमा दिनको १ बजे नियन्त्रणमा आएको थियो ।
आगलागीबाट मोटरसाइकल पूर्ण रुपमा जलेर क्षति भएको थियो । मोटरसाइकल चालक संखुवासभाको मादी नगरपालिका–३ घर भई हाल शसस्त्र प्रहरी सिमा सुरक्षा गुल्म भद्रपुर झापामा कार्यरत गणेश जिमी सकुसल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । तस्वीर एआई


















