झापा । 

इलामको देउमाई नगरपालिका–८ आमबोटेमा कुखुराको मासुको हड्डी अड्किएर एक जनाको मृत्यु भएको छ । सोही स्थानका ६० बर्षीय मनबहादुर मगर छिमेकि रामबहादुर मगरको घरमा कुखुराको मासु खाने क्रममा घाँटीमा हड्डि अड्किए मृत्यु भएको छ हो । 

आज (मंगलबार) बिहान ९ः४५ बजेको समयमा कुखुराको मासु खाने क्रममा घाँटीमा हड्डि अड्किए मृत्यु भएको स्थानियले  इलाका प्रहरी कार्यालय मंगलबारे इलाममा जानकारी गराएका थिए । जानकारी पाउना साथ प्रहरी चौकी जितपुर इलामबाट प्रहरी सहायक निरिक्षक जीवन कुमार गिरीको कमाण्डमा २ जनाको प्रहरी टोली पुगेर घटनास्थल सुरक्षित राखेको थियो । 

 घटनास्थल अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलका प्रहरी कार्यालय मंगलबारे इलाम र जिल्ला प्रहरी कार्यालय इलामबाट  प्रहरीको टोली गएको बताइएको छ । तस्वीर एआई