झापा ।
संयुक्त अरब इमिरेट्स (यूएई) ले १२८ जना नेपालीलाई आममाफी दिएको छ । रमजानको अवसर पारेर यूएईले १२८ जना नेपालीलाई आममाफी दिएको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार यूएईले विभिन्न कारणले कैद सजाय भोग्दै आएका नेपालीलाई आममाफी दिएको हो ।
मन्त्रालयले आममाफीप्रति आभार व्यक्त गरेको छ । दुई देशबीचको सम्बन्धमा थप सौहार्दता प्रदर्शन गरी मानवनीय आधारमा माफी दिएको भन्दै मन्त्रालले यस कार्यको उच्च मूल्यांक गर्ने जनाएको छ ।

















