झापा । 

झापाको कनकाई नगरपालिका–५ तल्लो चाप्रामारीबाट लागूऔषधका साथ भारतीय नागरिकसहित दुई जना पक्राउ परेका छन् । आज (शुक्रवार) बिहान ११ः३० बजेको समयमा लागु औषध व्युरो बिराटनगर र ईलाका प्रहरी कार्यालय सुरुङ्गाको  संयुक्त प्रहरी टोलीले गोप्य सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा झापा गाउपालिका–६  का २२ बर्षीय साफिक उलमिया  भारत डिगलबैंक थाना वडा नम्बर १  का २२ बर्षीय निसार आलम छन् । झापा गाउँपालिकाबाट सुरुङ्गातर्फ आउँदै गरेको बिआर ३७ आर १८६६ नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्ने क्रममा उनीहरुले बोकेको हाते झोला भित्र रहेको खानाको बटामा लुकाई छिपाई ल्याएको ६ पोका  ब्राउन सुगर  जस्तो देखिने खैरो पदार्थ ५६३ ग्राम ६२० मिलिग्राम फेला परेका प्रहरीले जनाएको छ । 

उनीको साथबाट मोबाईल ३ थान र मोटरसाइल पनि नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।