बिर्तामोड । 

दशनामी बन्धुहरुका कुलगुरु शंकराचार्यको जन्मजयन्ती मनाइएको छ । नेपाल दशनामी समाज बिर्तामोड नगर अक्षयकोष व्यवस्थापन समितिले आज (मंगलबार) बिर्तामोडमा कुलगुरु शंकराचार्यको १२३८ औं जन्मजयन्ती मनाएको हो । 

अक्षयकोष व्यवस्थापन समितिका संयोजक अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल दशनामी समाज कोशी प्रदेशका सल्लाहकार संयोजक चन्द्रप्रसाद गिरीको प्रमुख आतिथ्य रहेको थियो । यस्तै कार्यक्रममा नेपाल दशनामी समाजका केन्द्रिय सस्थापक संरक्षक कृष्णकुमार गिरी, समाजका केन्द्रिय सल्लाहकार बालकृष्ण गिरी, कोशी प्रदेश अध्यक्ष पदमबहादुर पुरी (प्रकाश) को बिशिष्ठ आतिथ्य रहेको थियो । 

स्वागत बिर्तामोड नगर कोषाध्यक्ष बिदुर गिरीले गरेको कार्यक्रममा प्रमुख अतिथि चन्द्रप्रसाद गिरी, बिशिष्ठ अतिथि कृष्णकुमार गिरी र विशिष्ठ अतिथि पदमबहादुर पुरी (प्रकाश) ले दशनामी बन्धुहरुका कुलगुरु शंकरचार्यको बिषयमा आ–आफ्नो धारणा राखेका थिए । उनीहरुले यस्ता कार्यक्रमले बन्धु एकता बढाउने भएकाले सवैले सहभागी हुनुपर्नेमा जोड दिएका छन् । 

कार्यक्रममा समाजको बिर्तामोड नगर सदस्य रणबहादुर गिरी, विश्वनाथ बन, पद्मा देवी पुरी (पुनम) लगायतको उपस्थिसत रहेको थियो । कार्यक्रमको सञ्चालन समाजका बिर्तामोड नगर प्रेस सल्लाहकार उद्धव पुरीले गरेका थिए ।