झापा । 

झापाको कनकाईमा अटो र मोटरसाइकल एकापसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । आज (मंगलबार) बिहान ११ः३० बजे कनकाई नगरपालिका–३ नयाँबस्तीस्थित पूर्व–पश्चिम राजमार्गमा बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको प्र१–०१–००१ह ८२५२ नम्बरको अटो अनियन्त्रित भइ बिपरित दिशाबाट आउँदै गरेको मे ५ प ६६२० नम्बरको मोटरसाइकलसंग ठोक्किएको थियो ।

दुर्घटनामा अटोमा सवार हल्दिबारी ३ बस्ने बर्ष ६८ की मन्जुधरी ढकालको मृत्यु भएको हो । टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी ढकालको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा दिउँसो ४ः३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको लास सोही अस्पतालमै रहेको छ ।

त्यस्तै अटोमा सवार हल्दिबारी ३ का ५७ बर्षीय जीवन ढकालको ओठमा चोट लागेको छ । सामान्य अवस्थाका उनको प्रधान मेडिकलमा उपचार भइरहेको छ ।

त्यस्तै अटोमा सवार हल्दीबारी–३ की ५० बर्षीया हरिमाया ढकाल, सोही स्थानकी ३५ बर्षीया  भिमा ढकाल, माधब ढकालका छोरा १३ बर्षीय रोजन ढकाल, हल्दीवारी –५  का विनोद नेपालका छोरा १३ बर्षीय प्रदिप नेपाल र मोटरसाइकल चालक मोरङ मिक्लाजुङ–६  का ३७ बर्षीय चन्द्रबहादुर खत्री गंभीर घाइते भएका छन् । उनीहरुको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले अटो, मोटरसाइकल र अटो चालक हल्दिबारी ३ बस्ने बर्ष ४६ का खेमराज गौतमलाई नियन्त्रणमा लिएको छ । थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी अधिकृतको टोली गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।