बिर्तामोड ।
शंकराचार्यको जन्मजयन्तीको अवसर पारेर ऊ नमः शिवाय बचत तथा ऋण सहकारी संस्थाले उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । दशनामीहरुका कुलगुरु शंकराचार्यको १२३८ औं जन्मजयन्तीको अवसर पारेर झापाको बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको संस्थाले उत्कृष्ट कर्मचारीका रुपमा भरतकुमार पुरीलाई सम्मान गरेको हो ।
संस्थाका अध्यक्ष भरतलाल गिरीको अध्यक्षतामा भएको कार्यक्रममा शंकराचार्यको १२३८ औं जन्मजयन्तीको अवसर पारेर संस्थाका बजार प्रतिनिधि पुरीलाई नगद ५ हजार एक सय रुपैयाँसहित सम्मान गरिएको हो । पुरीलाई अध्यक्ष भरतलाल गिरी, सचिव चन्द्रप्रसाद गिरी, कोषाध्यक्ष खड्ग गिरी, नेपाल दशनामी समाजका केन्द्रिय अध्यक्ष गोबिन्दबिक्रम गिरीलगायतले संयुक्त रुपमा सम्मान गरेका थिए ।
कर्मचारीका रुपमा बिगच ६ बर्षदेखि संस्थामा आवद्ध भएका पुरीले कार्यजिम्मेवारी, इमान्दारिता र लगनशिलताका साथ कार्य सम्पादन गरेको उच्च मूल्याङ्कन गर्दै संस्थाको सञ्चालक समितिको गत चैत २० गते बसेको बैठकको निर्णय अनुसार सम्मान गरिएको सचिव चन्द्रप्रसाद गिरीले जानकारी दिए ।
सम्मान कार्यक्रमअघि आज परेको दशनामीहरुका कुलगुरु शंकराचार्यको जन्मजयन्ती कार्यक्रम गरिएको थियो । शंकराचार्य र शंकर भगवानको तस्वीरमा फुलगुच्चा अपर्ण गर्दै दीपप्रज्वल गरेर मनाइएको थियो ।
कार्यक्रममा जानुका गिरी, शिवलाल गिरी, भूपेन्द्रबहादुर गिरी, जीवनाथ गिरी, कुलबहादुर गिरी, लेखा समिति संयोजक इन्द्रमणि पौडेल, कर्जा समिति संयोजक कुलबहादुर गिरी, धनश्याम गिरी, ढडुवा सेवा केन्द्रका संयोजक शिवलाल गिरी, सदस्य नरबहादुर बन, नारदकुमार भारती, ब्यवस्थापक युवराज गिरीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण संस्थाका सचिव चन्द्रप्रसाद गिरीले गरेका थिए । एक हजार ७ सय ५३ जना शेयर सदस्य रहेको संस्थामा ७ जना कर्मचारी रहेका छन् ।


















