धुलावारी ।
कौडिण्य गोत्रीय गिरीबन्धु प्रतिष्ठान केन्द्रीय समितिको दोस्रो अधिवेशनबाट अध्यक्षमा भूपेन्द्रकुमार गिरी निर्वाचित भएका छन् । आइतबार धुलावारीस्थित थोप्ले बिरान सामुदायिक भवनमा सम्पन्न भएको अधिवेशनले भूपेन्द्र गिरीको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो ।
प्रतिष्ठानकोउपाध्यक्षमा गुरुभक्त गिरी, सचिवमा हर्कलाल गिरी, सह–सचिवमा बालकृष्ण गिरी, मौसम गिरी र कोषाध्यक्ष रिता गिरी सर्वसम्मत चयन भएका छन् । यसैगरी सदस्यमा लक्ष्मी गिरी, धनराज गिरी, दिपेन्द्र गिरी, अर्जुनकुमार गिरी सर्वसम्मत चयन भएका छन् भने केही पदाधिकारी सदस्य कार्य समितिको बैठकबाट मनोनित गर्ने बताइएको छ ।
अधिवेशनले संरक्षक समितिमा नरेशकुमार गिरी र जीवनाथ गिरीलाई चयन गरेको छ भने सल्लाहकार समितिमा रामकुमार गिरी, कुलप्रसाद गिरी, देउमान गिरीलाई चयन गरेको छ । प्रतिष्ठानका अध्यक्ष नरेशकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ अग्रज व्यक्तित्व ईश्वरीमाया गिरीको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यकमको सञ्चालन प्रतिष्ठानका सचिव हर्कलाल गिरीले गरेका थिए । भुपेन्द्रकुमार गिरीको नेतृत्वमा चयन भएको ५ वर्षे कार्यकालको प्रतिष्ठानको समितिलाई बधाई तथा शुभकामना ब्यक्त गरिएको थियो । कार्यक्रममा कौडिण्य गोत्रीय गिरीबन्धुहरुको उल्लेखीय उपस्तिथि रहेको थियो । ।
















