झापा । 

झापाका अलग–अलग समय र स्थानमा भएको सवारी दुर्घटनामा दुई जना घाइते भएका छन् । गएराति १२ बजे दमक–७ श्रीपाली चोकस्थित भित्री सडक खण्ड र गएराति ८ः४५ अर्जुनधारा नगरपालिका–८, कदमगाछी अर्थात शनिश्चरे–बिर्तामोड सडक खण्डमा दुर्घटना भएको थियो । 

 श्रीपाली चोकबाट पशुहाट तर्फ जाँदै गरेको प्र१–०२–०५७ प ७९११ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक भोजपुर ट्याम्के मयुँम गाउँपालिका– ३ का ३९ बर्षीय रबिचन्द्र गिरीलाई शरिरको विभिन्न भागमा चोट लागेको थियो । उनको दमक अस्पताल दमकमा उपचार भइरहेको, बोल्न सक्ने अवस्था र मोटरसाइकल इलाका प्रहरी प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको छ । 

यसैगरी  शनिश्चरेबाट बिर्तामोडतर्फ जाँदै गरेको प्र.१–०१–०१२प ८०२६ नम्बरको मोटरसाइकलले सोही दिशामा जाँदै गरेका ६१ वर्षीय साइकलयात्री अर्जुनधारा–९ राजकुमार चौधरीलाई ठक्कर दिएको थियो । 

​घाइते चौधरीको टाउकोमा चोट लागेको र हाल शंकर अस्पताल शनिश्चरेमा उपचार भइरहेको, अवस्था मध्यम रहेको छ। चालक र सवारी प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।