​झापा । 

झापाको अर्जुनधारा नगरपालिका–२ मा गएराति जंगली हात्तीको आक्रमणबाट एक युवक घाइते भएका छन्।

गएराति ९ बजे मिलन चोकस्थित सडकमा हिँडिरहेको अवस्थामा स्थानीय २४ वर्षीय दिनेश पराजुलीलाई अचानक एउटा जंगली हात्तीले आक्रमण गरेको थियो ।

​हात्तीको आक्रमणबाट पराजुलीको अनुहार, टाउको र पेटमा चोट लागेको छ।

उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएको र हाल उनको अवस्था बोल्न सक्ने, सामान्य रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।