हल्दीबारी ।

एसईई परीक्षा २०८२ को नतिजा हालै सार्वजनिक भएको छ। हल्दीबारीका सामुदायिक बिद्यालयतर्फ जम्मा तीन सय ३३ परिक्षार्थी सहभागी भएका मध्ये एक सय १५२ जना बिद्यार्थी उत्तीर्ण भएका छन् । सामुदायिकतर्फ समग्रमा ४५.६४ प्रतिशत उत्तीर्ण भएका हुन्। 

त्यसैगरी संस्थागततर्फ  एक सय ८२ जना सहभागी भएका मध्ये एक सय ७७ जना उत्तीर्ण भएका छन् । समग्रमा सामुदायिक तर्फ ९७.२५ प्रतिशत बिद्यार्थी उत्तीर्ण भएका छन्।

पालिकाको समग्र हल्दीबारी गाउँपालिकाको पाँच सय १५ जना मध्ये तीन सय २९ जना उत्तिर्ण भएका छन्। जस अन्तरगत ६३.८८ प्रतिशत उत्तीर्ण भएको पालिकाले जानकारी दिएको छ।

बिद्यालय गत तथ्यांक यस्तो रहेको छ।

सामुदायिक बिद्यालयतर्फ

१)जन जागृति मा बि जम्मा परिक्षार्थी ९५ जना मध्ये उत्तीर्ण ५२ जना (५४.७३ प्रतिशत)

२) सरस्वती मा बि जम्मा परिक्षार्थी १९ जना मध्ये उत्तीर्ण ९जना (४७.३७ प्रतिशत)

३) हल्दिबारी मा बि जम्मा परिक्षार्थी १२३ जना मध्ये उत्तीर्ण ४६ जना (३७.३९ प्रतिशत)

४) पञ्चायत मा बि जम्मा परिक्षार्थी २१ जना मध्ये उत्तीर्ण ११ जना (५२.३८ प्रतिशत)

५) लक्ष्मी मा बि जम्मा परिक्षार्थी ४३ जना मध्ये उत्तीर्ण १७ जना (३९.५३ प्रतिशत)

६) महेन्द्र मा बि जम्मा परिक्षार्थी ३२ जना मध्ये उत्तीर्ण १७ जना (५३.१२ प्रतिशत)

संस्थागत बिद्यालयतर्फ 

१) क्यानरी एकाडेमी जम्मा परिक्षार्थी ३९ जना मध्ये उत्तीर्ण ३९ जना (१०० प्रतिशत)

२) चिल्ड्रेन गार्डेन एकाडेमी गोलधाप जम्मा परिक्षार्थी २५ जना मध्ये उत्तीर्ण २३ जना (९२ प्रतिशत)

३) चिल्ड्रेन गार्डेन माबि जम्मा परिक्षार्थी ५४ जना मध्ये ५२ जना उत्तीर्ण (९६.२९ प्रतिशत)

४) गोलधाप सनसाईन बोडिङ्ग स्कुल जम्मा परिक्षार्थी २१ जना मध्ये २१ जना उत्तीर्ण (१०० प्रतिशत)

५) सिग्मा ईङ्लिस स्कुल जम्मा परिक्षार्थी २८ जना मध्ये २८ जना उत्तीर्ण (१०० प्रतिशत)

६) संस्कारा शिक्षा सदन जम्मा परिक्षार्थी १५ जना मध्ये १४ जना उत्तीर्ण (९३.३३ प्रतिशत)  उत्तीर्ण भएका छन् भने हल्दीबारी गाउँपालिकाको सर्बोकृष्ट ४ जिपिए क्यानरी एकाडेमीका छात्रा पुष्षा दंगालले ल्याएकि छिन्।

haldi see