झापा । 

झापाको कमल गाउँपालिका–१ इट्टाभट्टास्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । शनिवार साँझ ६ः३० बजेको समयमा सोलमारीबाट केर्खातर्फ आउँदै गरेको को.१० प १४८० नम्बरको मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिएको थियो । 

ठक्करबाट कमल–१ का ७० बर्षीय शंखर प्रसाद ढूङगाना घाइते भएका थिए । उनको बायाँ खुट्टा, बाया कानबाट रगत आएको अवस्था बोल्न नसक्ने गम्भीर भई निम्स अस्पताल दमकमा ल्याएर सामान्य उपचारपछि थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गराएको थियो । 

उपचारकै क्रममा गएराति ११ः४५ बजे पैदल यात्री ढुङगनाको मृत्यु भएको थियो।  मोटरसाइकल चालक सोही स्थानका ३५ बर्षीय लुडो सतार र मोटरसाइकल इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको साथै थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।