झापा ।
झापाको मेचीनगर नगरपालिका–१३ कालिरोडमा गएराति भएको आगलागीमा छ लाख रुपैयाँ बरारबरको क्षति भएको छ । बिर्तामोड नगरपालिका–३ का दिपेन्द्रकुमार अग्रवालले सञ्चालन गरेको मित्तल एग्रो प्रालिमा गएराति ८ः३० बजेको समयमा आगलागी भएको थियो ।
अचानक आगलागी भएको भन्ने खबर प्रहरी चौकी चारआलीमा प्राप्त हुन साथ प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोली र फ्याक्ट्रीका कामदारको सहयोगमा राति ९ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट चामल तथा मकैको च्याख्ला बनाउने मेसिन पूर्ण रुपमा जलेर नष्ट हुँदा छ लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















