झापा । 

झापाको बिर्तामोड नगरपालिका–५ स्थित सयपत्री टोलबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आज (मंगलबार) साँझ ५ः३० बजेको समयमा प्रहरीले ती ब्यक्तीहरुलाई नियन्त्रणमा लिएको हो । 

बिर्तामोड–५ स्थित सयपत्री टोलकी रत्न कुमारी श्रेष्ठको घरमा लागुऔषध  कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा अप्रपोष्ट बसपार्कबाट  खटिएको प्रहरी टोलीले  सो स्थानमा गई खानतलासी गर्दा घर धनिको छोरा अन्दाजी २६ बर्षीय रोहित श्रेष्ठ, बिर्तामोड– का अन्दाजी २६ बर्षीय सुनिल दास पक्राउ परेका हुन् । 

उनीहरुहरुको साथबाट प्लाष्टिक बाहेक ६.५ ग्राम अबैध लागुऔषध बरामद गरि नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट अनुसंधान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।