भद्रपुर । 

सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वार्टर भद्रपुर–८ झापाले उत्कृष्ट कार्यसम्पादन गर्ने सशस्त्र प्रहरी बरिष्ठ हवल्दार रूपक न्यौपानेलाई  प्रशंसा–पत्र प्रदान गरेको छ । सशस्त्र प्रहरी बरिष्ठ हवल्दार  न्यौपानेलाई लागूऔषध नियन्त्रण कार्यमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै गणले आज सम्मान गरेको हो ।  

 न्यौपानेले सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म काकडभिट्टा, झापामा म्यन ज्बलमभिच का रूपमा साथी नाम गरेको कुकुरलाई हेन्डल गरि   लागूऔषध नियन्त्रण तथा खोजतलास कार्यमा उल्लेखनीय योगदान पुर्‍याएको  प्रशंसा–पत्रमा उल्लेख छ । 

सशस्त्र प्रहरी बलको १९ औं स्थापना दिवस २०८३ को अवसरमा आज शुक्रबार भद्रपुर गणमा उनलाई सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम १५७ को उपनियम (ग) बमोजिम नगद रु. १ हजारसहित प्रशंसा–पत्र प्रदान गरिएको हो । गणपति सशस्त्र प्रहरी उपरीक्षक अम्बिका प्रसाद जोशीले न्यौपानेलाई  प्रशंसा–पत्र  प्रदान गरिएको हो ।