झापा ।

 वैदेशिक रोजगार विभागले अनुगमनका लागि आउने कर्मचारीसँग परिचयपत्र र आधिकारिक पत्र भए–नभएको एकिन गर्न वैदेशिक रोजगार व्यवसायीलाई आग्रह गरेको छ ।

विभागले सूचना जारी गर्दै विभागबाट वैदेशिक रोजगार सम्बन्धी ठगी नियन्त्रणका लागि वैदेशिक रोजगारसँग सम्बन्धित संस्थाहरूको अनुगमन नियमित रूपमा भइरहेको भन्दै नियमित अनुगमन हुँदा अनुगमनमा खटिने कर्मचारीलाई विभागबाट आधिकारिक पत्रसाथ अनुगमनमा पठाउने गरिएको जनाएको छ ।

विभागले अनुगमन हुँदा कर्मचारीले आफ्नो परिचयपत्र समेत देखाई अनुगमनको कार्य गर्ने बताएको छ । विभागले आधिकारिक कर्मचारीबाहेक कोही कसैले ‘विभागको कर्मचारी हुँ’ भनी आधिकारिक पत्रबिना अनुगमन गरेको, अनधिकृत व्यक्ति अनुगमनमा संलग्न भएको वा फोनमार्फत विभागको नाम लिई धम्की दिएको भन्ने शंका लागेमा तत्कालै विभागका टेलिफोन नम्बरमा सम्पर्क गरी जानकारी दिन भनेको छ ।

त्यसका लागि विभागले महानिर्देशकको ९८५११७१६०१ र उपमहानिर्देशकको ९८५१३४२३९२, अनुगमन तथा जीटुजी सहजीकरण शाखा निर्देशकको ९७६५०१३७६१ नम्बरसहित कार्यालयको फोन नम्बर सार्वजनिक गरेको छ ।