विराटनगर । 

सुनसरी र उदयपुर जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागू औषधसहित सात जनालाई पक्राउ गरिएको छ । सुनसरीको धरान उप–महानगरपालिका–२ भानु चोक स्थितबाट सोही स्थानका निश्चल लिम्बु र सुक्रराज तामाङलाई नियन्त्रण गरिएको थियो । 

उनीहरुको साथबाट प्रतिबन्धित औषधी ट्रामाडोल १२८ क्याप्सुल र स्पास १२८ ट्याब्लेट  फेला परेको थियो । यसैगरी प्रहरी चौकी भरोलले बराहक्षेत्र नगरपालिका–४ का फिर्ती चौधरी, रुद्र बहादुर थापा र भगत चौधरीलाई २ ग्राम ६९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । 

त्यसैगरी उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले बेलका नगरपालिका–४ का सन्देश मगर र पारश राईलाई २ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।  पक्राउ परेको सबैजनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।