झापा । 

झापा कनकाई नगरपालिका–६ चम्पापुरमा भएको अगालागीमा करिव चार लाख रुपैयाँ बराबरको इाति भएको छ । सोही स्थानका मोहन चौहानको काठ र टिनको छानो भएको दुई तले टाडे घरमा अचानक दियोबाट आगो सल्किएर मंगलबार साँझ ७ बजेको समयमा भएको आगलागी भएको थियो । 

 आगलागीबाट काठ, थाल बटुको, लत्ता कपडा र अन्य घरायसी सामानहरु र घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो ।  उक्त आगलागीबाट अन्दाजी चारलाख मूल्य बराबरको क्षति भएको थियो । 

आगलागी स्थानियबासीहरुको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।