झापा । 

झापाको गौरादह नगरपालिका–७ स्थित फगेटीमा बिद्यालयको बस दुर्घटना हुँदा एक बालको मृत्यु भएको छ । सजग एकता बोर्डिङ स्कुलको को १ ख ६९४० नम्बरको बसले बुधवार साँझ ५ बजे सोही स्कुलमा अध्ययनरत बस बाट ओर्लन क्रममा किच्दा मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही स्कुलमा अध्ययनरत खड्ग चिमरियाका छोरा ४ बर्षीय आरोग्य चिमरिया छन् । उनलाई बसबाट घर लगेर ओराल्ने क्रममा सोही बसले किच्दा घटनास्थलमै मृत्यु भएको बताइएको छ । 

उक्त बस र  बस चालक सोही स्थानका ५७ बर्षीय लालबहादुर बस्नेत इप्रका गौरीगञ्जको नियन्त्रणमा रहेका छन् । साँभ्m ७ बजे  आवश्यक कानुनि प्रक्रिया पश्चात शव पोष्टमार्टमको लागि  दमक अस्पताल दमक पठाइएको छ। घटनाको बिषयामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।