बिर्तामोड ।
नेपाल दशनामी समाज बिर्तामोड नगर समितिको पाँचौं नगर अधिवेशनबाट पुनः खड्गराज गिरी अध्यक्षमा चयन भएका छन् । बिर्तामोडमा आज (बिहीवार) भएको अधिवेशनले गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समितिको बरिष्ठ उपाध्यक्षमा खेमराज गिरी, उपाध्यक्षमा सम्झना गिरी पुरी, सचिवमा धनबहादुर पुरी (प्रजित), सह–सचिवमा बिनोद गिरी (बद्री) र कोषाध्यक्षमा बिदुर गिरी चयन भएका छन् । समितिको सदस्यमा रणबहादुर गिरी, विश्वनाथ बन, हरि गिरी र पद्मादेवी पुरी सर्वसम्मत रुपमा चयन भएका छन् ।
३ बर्षे कार्यकाल रहेको समितिको पहिलो वैठकले थप एक जना सदस्य मनोनित गर्ने साथै सल्लाहकार समिति पनि चयन गर्ने बताइएको छ । खड्गराज गिरी अध्यक्षतामा भएको अधिवेशनमा नेपाल दशनामी समाज कोशही प्रदेशका अध्यक्ष पदमबहादुर पुरी (प्रकाश) को प्रमुख आतिथ्य तथा केन्द्रिय सल्लाहकार तथा झापा कोषाध्यक्ष बालकृष्ण गिरी र समाजका झापा सचिव युवराज गिरीको बिशिष्ठ आतिथ्य रहेको थियो ।
कार्यक्रमको सञ्चालन सचिव प्रजित पुरीले गरेका थिए । कार्यक्रममा नेपाल दशनामी समाज बिर्तामोड नगरका पूर्वअध्यक्ष अर्जुन गिरीको पनि आतिथ्य रहेको थियो ।

















