झापा ।
झापाका बिभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । झापाको बिर्तामोड र मेचीनगर नगरपालिका साथै गौरीगञ्ज गाउँपालिकाबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
बिहीवार साँझ गौरीगञ्ज–२ स्थित आपगाँछी बोडरबाट भारतबाट नेपालतर्फ आउँदै गरेको पैदल यात्री भारतको किशनगञ्ज जिल्ला सिङ्गीमारी पञ्चायत–४ की अन्दाजी ३६ बर्षीया रुकमणी देवी र उनकी १६ वर्षिया छोरीलाई लागुऔषध ओसारपसार गरिरहेको गोप्य सुचनाको आधारमा प्रहरी चौकी कोरोबारीबाट गस्तीमा खटिएको गस्ति टोली र बिओपी आँपगाछीवाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट प्लाष्टिक बाहेक २० ग्राम ३०० मिलि ग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ फेला परेको थियो । उनीहरु दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा ल्याई थप अनुसन्धान भइ रहेको छ।
बिर्तामोड–४ कन्चनजङघा टोलबाट बिहीवार साँझ ६ बजेको समयमा सोही स्थानकी शर्मिला गुरुङको घरमा डेरा गरी बस्ने दुई जनाको कोठामा लागुऔषध कारोबार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा लागुऔषध ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोसाकमा खटिएको संयुक्त प्रहरी टोलिले दुई जनालाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ पर्नेमा झापा गाउँपालिका–५ का अन्दाजी ३५ बर्षीय मिलनकुमार राजबंशी र कनकाई–७ की उनकै २६ बर्षीया श्रीमती सरु कार्की छन् । उनीहरुलाई लागु औषध ब्राउन सुगर प्लाष्टिक बाहेक ३ ग्राम ७०० मिलिग्राम फेला परी नियन्त्रणमा लिएर इप्रका अनारमनीमा ल्याई थप अनुसन्धान भइरहेको छ ।
यसैगरी इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट र लागूऔषध ब्युरो कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलिले मेचीनगर–६ पुरानो मेचिपुलमा भारतको पानीटंकीबाट नेपालतर्फ साईकलमा आउँदै गरेको मेचीनगर–३ का ३२ बर्षीय दुखु मियाँलाई शंका लागेर चेकजाँच गर्ने क्रममा साईकलको सिट मुनि लागुऔषध अर्थात खैरो हिरोईन प्लाष्टिक बाहेक २ ग्राम १७० मिलिग्राम फेला परेको थियो । उक्त लागुओषध र साईकलसहित उनलाई नियन्त्रण गरी इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















