झापा ।
झापाको मेचीनगर नगरपालिका–१५ निलकोठीमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । सोही स्थानका अन्दाजी ५५ बर्षीय रुद्र श्रेष्ठ र ज्याला मजदुरीमा काम गर्ने कामदार दमौलि घर बताउने अन्दाजी ३५ बर्षीय रामबहादुर गौतम बिच सामान्य भनाभन तथा बादबिबाद भएको थियो ।
गत जेठ १७ गते अन्दाजी राति १० बजेको समयमा कुटपिट हुँदा रुद्र श्रेष्ठको टाउकोमा चोट लागेर अवस्था बोल्न नसक्ने गम्भीर भन्ने खवर आज (सोमवार) बिहान ७ः२० प्रहरी चौकी ज्यामिरगढी झापामा जानकारी प्राप्त भएको थियो ।
उक्त जानकारी र्पासँगै घटना स्थल तर्फ प्रहरी चौकी ज्यामिरगढी टोली गएर घाईते रुद्र श्रेष्ठलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर झापा पठाएको थियो । बिहान ८ बजे उपचारकै क्रममा डाक्टरले मृत घोषणा गरेको बताइएको छ । कुटपिट गर्ने रामबहादुर गौतमलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















