झापा ।
झापाको कचनकवल गाउँपालिका–६ स्थित बनियानीबाट भारतीय नागरिक लागूऔषधसहित पक्राउ परेका छन् । भारत किसनगञ्ज जिल्ला दलेगाँउ पञ्चातय वडा नं.१ का अन्दाजी २० बर्षीय युबेद राजालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सोमवार साँझ ५ बजेको सायमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्यूरोको कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले बिशेष सुराकीको आधारमा उनलाई पक्राउ गरेको जनाएको छ ।
उनीमाथि शंका लागेर चेक जाँच गर्दा उनको साथबाट ब्राउन सुगर प्लास्टीक बाहेक ६९ ग्राम ६०० मिलि ग्राम ब्राउन सुगर र BR32V6909 नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिइएको हो । उनलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापा ल्याई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















