झापा ।

वैदेशिक रोजगारलाई सुरक्षित, व्यवसायी र जवाफदेही बनाउने उदेश्यले सरकार अन्तरक्रिया गर्ने हुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, केन्द्रीय श्रम तथा उपभोक्ता हित विभागले ‘सुरक्षित श्रमिक, मर्यादित व्यवसायी, जवाफदेही सरकार’ शीर्षकमा अन्तरक्रिया गर्ने भएको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रालयको हल, सिंहदरबारमा हुने अन्तरक्रियमा श्रममन्त्री रामजी यादव, सांसद सोम शर्म, ज्वाला संग्रौला, श्रम विज्ञ डा. गणेश गुरुङ, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङ, राजेन्द्र भण्डारी र स्वतन्त्र व्यवसायी कृष्ण ढकाल वक्ता रहेका छन् ।

छलफल श्रमिक, व्यवसायी तथा सरकारबीचको उत्तरदायित्व, अवसर, चुनौती र समाधानका विषयमा केन्द्रित हुने रास्वपा केन्द्रीय श्रम तथा उपभोक्ता हित विभागले जनाएको छ ।