झापा । 

झापाको काँकरभिट्टा नाकाबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट र लागुऔषध ब्युरो कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले आज (मंगलबार) बिहान ११ः४५ बजेको समयमा  मेचीनगर–६ पुरानो मेचीपुलबाट पक्राउ गरेको हो । 

भारतबाट सिटिमा नेपालतर्फ आउँदै गरेका मेचीनगर–१४  का २५ बर्षीय आकश चौधरीलाई शंका लागेर सोधपुछ तथा खानतलासी गर्दा उनले मलद्धार भित्र लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध  अर्थात खैरो हिरोईन फेला परेको थियो । 

 प्लाष्टिक बाहेक १६ ग्राम ४०० मिलिग्राम फेला परेकोले उक्त लागु औषधसहित उनलाई नियन्त्रण गरी थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टा ल्याएर अनुसन्धान  भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।