झापा ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विधान संशोधन हुने भएको छ । संघको विधानको दफा २६ (४) मा संघको कार्यसमितिका दुईतिहाइ पदाधिकारीले सामूहिक राजीनामा दिएमा कार्यसमिति स्वतः विघटन हुने छ ।
साथै सोही दिन सल्लाहकारहरूको रोहवरमा एक सात सदस्यीय प्रबन्ध समिति खडा गरी प्रबन्ध समितिले २१ दिनभित्र विशेष साधारण सभा बोलाई सोही दिन निर्वाचन सम्पन गराउने व्यवस्था छ ।
यो व्यवस्थाले संघलाई सधैंभरि अस्थिर बनाउने देखिएका कारण संशोधन प्रस्ताव लैजान लागिएको प्रबन्ध समिति सदस्य मधुकर रिजालले जानकारी दिएका छन् ।


















