झापा । 

झापाको भद्रपुर नगरपालिका–५ स्थित मेचिपुलबाट लागूऔषधसहित एक जना पैदलयात्री पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री मेचीनगर नगरपालिका–१०  का अन्दाजी ३२ बर्षीय सुरेन्द्र गुरुङलाई पक्राउ गरेको हो । 

शुक्रवार साँझ गुरुङमाथि शंका लागेर चेकजाँच गर्दा  उनले छाताको डन्टीमा प्लाष्टिकको पोकोपारी लुकाई छिपाई ल्याउँदै गरेको  लागुऔषध अर्थात ब्राउन सुगर

प्लाष्टिक बाहेक तौल गर्दा ३ ग्राम १२० मिलिग्रामसहित नियन्त्रणमा लिइएको हो । नियन्त्रणसँगै थप अनुसन्धान तथा कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ ।