झापा ।
झापामा अजिङ्गर फेला परेको छ । मेचीनगर नगरपालिका–४ माता चोक स्थित भित्रि पैदल बाटोको साइडमा अजिङ्गर (सर्प) फेला परेको हो ।
गएराति ११ बजेको समयमा अन्दाजी १५ फिट लामो अजिङ्गर स्थानियले देखेर तत्काल प्रहरी चौकी बाहुनडाँगीमा जानकारी गराएका थिए । जानकारी गराउन साथ प्रहरी टोली घटना स्थल गएर अजिङ्गरलाई प्रहरी चौकी बाहुनडाँगीमा ल्याएर सुरक्षित राखेको थियो ।
साथै डिभिजन बन कार्यालय बाहुनडाँगीसँगै समन्वय भई आज (आइतवार) बिहान उक्त डिभिजन बन कार्यालय बाहुनडाँगीबाट टोली आएर उद्दार गर्दे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















