बिर्तामोड । 

झापाको बिर्तामोडमा झापामा सञ्चारः नीति र बजारको प्रभाव बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) झापाको आयोजना तथा बिर्तामोड नगरपालिकाको सहयोगमा आज (आइतवार) अन्तरक्रिया कार्यक्रम गरिएको हो । 

फोनिज झापाका अध्यक्ष अर्जुन राजवंशीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा फोनिजका केन्द्रिय उपाध्यक्ष अर्जुन जम्नेली राईको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि राई, नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, फोनिजका संस्थापक अध्यक्ष दिपिन राई, फोनिजकी केँिद्रय सदस्य भूमिका फियाक लिम्बु, प्रेस चौतारी झापा अध्यक्ष प्रदीप परियार, प्रेस युनियनकी उपाध्यक्ष सविना लिम्बु, नारी सञ्चार गृहकी अध्यक्ष स्वातिका आचार्यलगायतले अहिलेको पत्रकारिताका चुनौतीका बिषयमा आ–आफ्नो धारण राखेका थिए । 

अध्यक्ष राजवंशीले कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा उपाध्यक्ष तीलक योन्जनले स्वागत तथा सचिव सन्तोष लिम्बुले सञ्चालन गरेका थिए ।