बिर्तामोड । 

बिर्तामोड  उद्योग बाणिज्य संघ अन्तर्गतको  महिला उद्यमी समुहले आज (मंगलबार) दलित समुदाय लक्षितत वृत्ति बिकास तथा अभुमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ।झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १० मा समुहले तालिम आयोजना गरेको हो । 

समुहकी अध्यक्ष राधिका चुडाल हुमागाँईको अध्यक्षतामा भएको तालिममा बिर्तामोड–१० का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्य रहेको थियो । तालिमको सहजीकरण अधिबक्तालक्ष्मी खनाल कोइरालाले गरेकी थिइन् । 

 स्वागत मन्तव्य उद्यमि समुहकि बिशिष्ठ सदस्य नैनाकला भट्टराईले गरेको कार्यक्रममा समुहकी पूर्व अध्यक्ष तिलोतमा खत्रीलगायतको आतिथ्य रहेको थियो । 

तालिममा करिव ७० जना महिलाकोहरुको सहभागीता रहेको र जसमा ५० जना भन्दा वढी दलित समुदायका रहेका समुहकी अध्यक्ष राधिका चुडाल हुमागाँईले जानकारी दिइनु । कार्यक्रमको सञ्चालन  समुहकि महासचिव लीला अनमोलले गरेकी थिइन् ।