झापा । 

मलेसियामा सुटकेसभित्र एक नेपाली महिलाको शव फेला परेको छ । शव भएको फेला परेपछि त्यहाँको प्रहरीले उनीसँगै बस्ने र सम्बन्धित नेपालीको खोजी गरिरहेको जनाएको छ । मलेसियाको राजधानी क्वालालम्पुर नजिकै रहेको सेलांगोर, काजाङको अपार्टमेन्टमा सुटकेसभित्र कोचिएको अवस्थामा महिलाको शव फेला परेको थियो ।

मलेसिया प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मृतक नेपाली नागरिक भएको पुष्टि भएपनि विस्तृत विवरण सार्वजनिक गरिएको छैन । नेपाली महिला र पुरुषले करिब तीन महिनादेखि भाडामा लिएको कोठामा दुर्गन्ध आएपछि घरधनीले प्रहरीलाई अनुसन्धानका लागि जानकारी गराएका थिए । शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ ।

प्रहरीले शंकास्पद नेपालीको पहिचान भएको जनाएको छ । मलेसियामा दण्डसंहिताले हत्या दोषीलाई मृत्युदण्डको सजायको व्यवस्था गरेको छ । दोषीलाई लामो समयसम्म कारावास, कोर्रादेखि अनिवार्य मृत्यु दण्डसम्मको सजाय गर्ने गरिएको छ ।