- रन्जित परियार
बुट्टाबारी ।
प्रतिनिधसभा सदस्य तथा निवर्तमान उप–सभामुख इन्दिरा राना मगरले जन्मोत्सवको अवसर पारेर बृक्षारोपण गरेकी छिन् । सामाजिक कार्यमासमेत सक्रिय रानाले आज (बिहीवार) परेको जन्मोत्सवमा वडाका जनप्रतिनिधि, स्थानीय, समाजसेवी, तथा बालबालिकासँग बृक्षारोपण गरेर मनाएकी हुन् ।
बन्दी सहायता नेपाल एवम् जुनकीरी सार्वजनिक आधारभूत बिद्यालयकि सस्थापक समेत रहेकी रानाले आफ्नो ५६ औं जन्मोत्सव आफ्नै बालगृहका बालबालिकाहरुसँग बृक्षारोपण गरेर मनाएकी हुन् ।
रानाले आफ्नो जन्म स्थान अर्जुनधारा–११ मा रहेको शाखा बन्दी सहायता नेपालले सञ्चालन गरेको मनमाया आमा, जगल गार्डेन ब्वाइज होम, गङ्गा आमा बालगृह र जुनकीरी बिद्यालयका सयौं बालबालिकाहरुसँग स्वच्छ वातावरण स्वास्थ्य जीवन भन्ने नारासहित सयौं विभिन्न जातका बिरुवाहरु प्रगति सामुदायिक बनको प्रगतिटोलमा बृक्षारोपण गरेकी छिन् ।
पूर्व उप–सभामुख एवम् बर्तमान क्षेत्र नम्बर २ कि सांसद रानालाई शुभकामना दिन विभिन्न वडाबाट विभिन्न पार्टी, महिला समूह, संघ सस्थाबाट उहाँको निवासमा सहभागी भएका थिए । क्षेत्र नम्बर २ लगायत विभिन्न स्थानबाट आएर शुभकामना तथा आशीर्वाद प्रदानगर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै आगामी दिन आफ्नो कार्य क्षेत्रमा सम्पूर्ण पार्टी र नेतृत्वहरुसँग हातेमालो गरि बिकासका लागि सहकार्य गर्ने रानाले बताइन् ।
कार्यक्रममा बिभिन्न जातका बिरुवा जिल्ला बन कार्यालय झापा र समाजसेवी शेरबहादुर थापाले उपलब्ध गराएका थिए । कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिका–११ का वडाध्यक्ष खगेन्द्र इङ्गनाम रहेका थिए ।


















