झापा । 

झापाको अर्जुनधारा नगरपालिका–८ शनिश्चरे बजारस्थित सब्जिलाईनबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । शनिवार दिनको ३ बजेको समयमा लागूऔषध ओसारपसार गरीरहेको भन्ने गोप्य सुचानको आधारमा, लागुऔषध ब्युरो काँकरभिट्टा र प्रहरी चौकी शनिश्चरेबाट खटिएको संयुक्त टोलीले बिर्तामोडवाट शनिश्चरेतर्फ आउँदै गरेको बा ५७ प ७७३३ नम्बरको मोटरसाइकलका साथमा चालकलाई नियन्त्रणमा लिइएको थियो । 

 शंका लागेर मोटरसाइकल रोकेर चेकजाँच गर्दा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–८ का अन्दाजी अन्दाजी ४१ बर्षीय सरोज गहतराजको साथबाट एन टेन लेखिएको खोल बिनाको सेतो टेब्लेट ३० थान, ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ प्लास्टिक बाहेक २३ ग्राम ५५० मिलिग्राम, मोबाईल २ थान फेला परेको प्रहरीले जनाएको छ ।  

उक्त लागूऔषधसहित मोटरसाइकल र उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।