मेचीनगर ।

मेचीनगर नगरपालिका–९ स्थित पानीटेंकीमा सञ्चालनमा रहेको निर्मल हार्डवेयरबाट महालक्ष्मी पेन्ट्स खरिद गरेका स्थानीय ग्राहक ध्रुव उप्रेती र सुशीला उप्रेतीले दोस्रो पुरस्कार स्वरुप ६० हजार रुपैयाँ बराबरको वासिङ मेसिन जित्न सफल भएका छन् ।

हाल रोजगारीका सिलसिलामा दुबईमा रहेका उप्रेती दम्पतीले आफ्नै घरका लागि मागुरमाडीको निर्मल हार्डवेयरबाट महालक्ष्मी पेन्ट्स खरिद गरी प्रयोग गरेका थिए । कम्पनीले सञ्चालन गरेको बम्पर उपहार योजनाअन्तर्गत गरिएको लक्की ड्रमा उनीहरुको नाम दोस्रो पुरस्कारका लागि छनोट भएको हो । विजेता दम्पती विदेशमा रहेकाले पुरस्कार भने उनीहरुका परिवारलाई हस्तान्तरण गरिएको छ ।

निर्मल हार्डवेयरका सञ्चालक निर्मल श्रेष्ठका अनुसार नेपाली उद्योगबाट उत्पादन हुँदै आएको महालक्ष्मी पेन्ट्स विगत करिब आठ वर्षदेखि आफ्नो पसलमार्फत बिक्री गर्दै आइएको छ । गुणस्तरीय उत्पादन, आकर्षक रङ तथा ग्राहकको विश्वासका कारण महालक्ष्मी पेन्ट्सप्रति स्थानीय उपभोक्ताको आकर्षण बढ्दै गएको उनले बताए ।

श्रेष्ठले महालक्ष्मी पेन्ट्सले हरेक वर्ष ग्राहकलाई लक्षित गर्दै विभिन्न उपहार योजना सञ्चालन गर्ने गरेको उल्लेख गर्दै यस्ता योजनाले उपभोक्तालाई थप उत्साहित बनाउनुका साथै नेपाली उत्पादनप्रतिको विश्वास पनि मजबुत बनाएको बताए । उनले आगामी दिनमा पनि ग्राहकलाई गुणस्तरीय सेवा र उचित मूल्यमा सामग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

निर्मल हार्डवेयरमा महालक्ष्मी पेन्ट्सका विभिन्न प्रकारका रंगसँगै घर निर्माण तथा मर्मतसम्भारका लागि आवश्यक सम्पूर्ण हार्डवेयर सामग्री सुपथ मूल्यमा उपलब्ध हुने सञ्चालक श्रेष्ठले जानकारी दिए । 

ग्राहकको आवश्यकतालाई प्राथमिकतामा राख्दै गुणस्तरीय सामग्री र सहज सेवा प्रदान गर्दै आएको हार्डवेयरले स्थानीय क्षेत्रमा विश्वासिलो व्यापारिक केन्द्रका रुपमा आफ्नो पहिचान बनाएको छ ।