झापा । 

झापामा बिशालु सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ । कमल गाउँपालिका–३ का  ज्ञानबहादुर लिम्बुको श्रीमती अन्दाजी ४० बर्षीया सरस्वती मगर लिम्बुको सर्प डसाईबाट मृत्यु भएको हो । 

सोमवार राति अन्दाजी ७ः५० बजेको समयमा सरस्वती मगर लिम्बुलाई भान्सा कोठामा खाना पकाउने क्रममा कोब्रा सर्पले टोकेर नेपाल रेडक्रस सोसाईटी दमकमा ल्याई उपचार भईरहेको भन्ने खवर गएराति १०ः२५ बजेको समयमा इलाका प्रहरी कार्यालय दमकमा जानकारी भएको थियो ।

उक्त जानकारी प्राप्त हुना साथ तत्काल प्रहरी टोली गएको थियो । उनलाई उपचारको क्रममा राति १०ः४० बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।